कस्तो देखिए ?
पुर्बि चितवनको कुमरोजमा निर्माण भएको तटबन्धको उद्घाटन पछि छतरी लगाएर आफ्ना सहयोगीबाट फोटो खिचाउदै स्विजरल्याणका सहायक बिदेश मन्त्रि बिट नोब्स । तस्विर : मोहन वस्याल ।
हामीले जित्यौ
आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री को उपाधि जितेपछी हर्षित अनुहारमा सामुहीक तस्विर खिचाउदै नेपाली क्रिकेट टोली । तस्विर:आइसिसी
आ–आफ्नै धुन
चितवनको रत्ननगरमा रहेको नेपाल उच्चमावि मा स्थापना भएको कम्प्युटर प्रयोगशाला उद्घाटन समारोहमा सहभागी मुख्य सचिव लीलामणी पौडेल लगायतका अतिथीहरु । तस्विर : मोहन वस्याल
गेलको किर्तिमानी खेल ।
आईपीएल क्रिकेटमा पुणेविरुद्ध ३३ बलमा शतक पूरा गरेपछि खुसी मनाउँदै बेङ्ग्लोरका क्रिस गेल । यो खेलबाट क्रिस गेलले आइपिएल क्रिकेटमा आधादर्जन किर्तिमान बनाएका छन् । तस्वीरः एजेन्सी ।
जय स्काउट
रत्ननगरमा नेपाल स्काउटको दोस्रो राष्ट्रिय ज्याम्वारीको उद्घाटन समारोहमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहित अन्य अतिथीहरु । तस्विर : मोहन वस्याल ।






